३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

सेयर बजार २१ सय विन्दुमाथि, तीन अर्बको कारोबार



काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा ६४ बढेको छ ।

नेप्से परिसूचकमा ६४.८७ अंकले वृद्धि भई २१२५.९४ विन्दुमा आएर रोकिएको छ । बुधबार ३.१५ प्रतिशतले सेयर बजार बढेकोे हो । मंगलबार नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागि २०६१.०६ विन्दुमा आएर रोकिएको थियो । साथै, २५८ कम्पनीको कारोबार हुँदा ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ५० करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै, सानिमा माइ हाइड्रोपावर १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त बित्तीय संस्था, मिर्मिरे लघुवित्त बित्ती संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड र द्यौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

कुल २०७ कम्पनीमा उकलो लागेको छ भने जम्मा ५ कम्पनीमा ओरालो लागेको छ । बुधबार सबै उपसुचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै ट्रेडिंगको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । इन्भेष्टमेन्ट, म्यानुफेकचरीङ एण्ड प्रोसेसिङ र माइक्रोफइनान्सको ५ प्रतिशत भन्दाबढीले मूल्य वृद्धि भएको छ ।

बाँकी सबै उपसुचहरुमा पनि वृद्धि भएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं