९ बैशाख २०८३, बुधबार । April 22, 2026

सेयर बजार २१ सय विन्दुमाथि, तीन अर्बको कारोबार


२० पुस २०७९, बुधबार  

6
Shares

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा ६४ बढेको छ ।

नेप्से परिसूचकमा ६४.८७ अंकले वृद्धि भई २१२५.९४ विन्दुमा आएर रोकिएको छ । बुधबार ३.१५ प्रतिशतले सेयर बजार बढेकोे हो । मंगलबार नेप्से परिसूचकमा ३.०३ अंकले ओरालो लागि २०६१.०६ विन्दुमा आएर रोकिएको थियो । साथै, २५८ कम्पनीको कारोबार हुँदा ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ५० करोड भन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको ११ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । साथै, सानिमा माइ हाइड्रोपावर १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता, साल्ट ट्रेडिङ कर्पोरेशन, हिमालय डिस्टिलरी, कालिका लघुवित्त बित्तीय संस्था, मिर्मिरे लघुवित्त बित्ती संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, नादेप लघुवित्तीय संस्था, पीपुल्स पावर लिमिटेड र द्यौलागिरि लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।

कुल २०७ कम्पनीमा उकलो लागेको छ भने जम्मा ५ कम्पनीमा ओरालो लागेको छ । बुधबार सबै उपसुचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै ट्रेडिंगको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । इन्भेष्टमेन्ट, म्यानुफेकचरीङ एण्ड प्रोसेसिङ र माइक्रोफइनान्सको ५ प्रतिशत भन्दाबढीले मूल्य वृद्धि भएको छ ।

बाँकी सबै उपसुचहरुमा पनि वृद्धि भएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित