८ चैत्र २०८२, आइतबार । March 22, 2026

राष्ट्रपति भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने


७ पुस २०७९, बिहिबार  

93
Shares

पाल्पा । राष्ट्रपति विद्यादेवी भण्डारीले पाल्पाको सिद्धबाबा मन्दिरमा विशेष पूजा गर्ने भएकी छिन्।

रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनीको उद्घाटनका लागि बुटवल आउन लागेकी राष्ट्रपति भण्डारीले रूपन्देही र पाल्पाको सिमाना नजिकै रहेको मन्दिरमा पूजा गर्ने भएकी हुन्। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा विधिपूर्वक पूजा आराधना एवं दर्शन गर्ने कार्यक्रम तय भएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दल बहादुर गुरुङले जानकारी दिए। राष्ट्रपति भण्डारी आउने भएपछि मन्दिरमा स्वागतका लागि आवश्यक तयारी पूरा भएको उनले बताए।

राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि मन्दिरमा विशेष पुजा गर्ने कार्यक्रम रहेको छ। सिद्धबाबा मन्दिरमा पहिलो पटक राष्ट्रपतिले पूजा गर्ने अध्यक्ष गुरुङले बताए। सिद्धार्थ राजमार्गको छेउमै अवस्थित यो मन्दिरमा प्राकृतिक सम्पदाले पनि भरिपूर्ण छ। यस मन्दिर परिसरमा शिवजीको मूलमन्दिर, गणेश, नाग, मनसादेवी, विश्वकर्मा बाबाको मन्दिरका साथै अखण्ड धूनी समेत रहेको छ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ११ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो