१ आश्विन २०८३, बिहिबार । September 18, 2026

फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन


६ पुस २०७९, बुधबार  

6
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । 

आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार रु दुई हजार जरिवाना गरिने विभागले जनाएको छ । सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा टोकराज पाण्डेले बताए । उनले भने, “सरकारी गाडीको कर १० वर्षसम्म पनि नउठेपछि कर उठाउने माध्यमका रुपमा इम्बोस्ड नम्बर प्लेट जडानलाई लिएका छौँ, फागुन मसान्तसम्म सबै सरकारी गाडीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने छ, सेतो प्लेटले पनि कर नतिरी गाडी चलाउन पाउँदैनन् ।” 

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रुपमा कर क्लियर भएको हुनुपर्ने विभागले जनाएको छ । इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने महानिर्देशक डा पाण्डेको दाबी छ । उनका अनुसार सरकारी गाडीले फागुन मसान्तसम्म इम्बोस्ड जडान नगरेको पाइएमा रु दुई हजार जरिवानासहित इम्बोस्ड नम्बर जडान गर्न लगाइनेछ । 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ