२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कहिलेकाहीँ श्रीमतीमा भुतको रुपम देखिन्छः आयुष्मान देशराज जोशी



काठमाडौं । नेपाली चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर रिलिजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री प्रियंका कार्कीले हरर फिल्म बनाउन धेरै नै गाह्रो रहेको बताए ।

उनले फिल्म धेरै राम्रो भएकाले दर्शकले धेरै मन पराउनेमा विश्वस्त रहेको बताए । त्यस्तै अभिनेत्री ऋचा शर्माले लामो समय लिएर फिल्म धेरै नै राम्रो बनेको बताए । उनले सुनकेशरी फिल्म यो फिल्म जस्तो बनाउन खोजेको तर त्यस्तो बन्न पुगेको बताए ।

त्यस्तै अर्की अभिनेत्री बेनिशा हमालले हरर फिल्ममा काम गर्न धेरै नै गाह्रो भएको बताए । उनले आफूले यो फिल्ममा काम गर्दा धेरै कुराहरु सिक्न पाएको बताए । त्यस्तै अभिनेता आयुष्मान देशराज जोशीले फिल्ममा जस्तै श्रीमतीसँग झगडा गर्दा घरमा कहिलेकाहीँ भुतको रुप देख्न पाइने बताए ।

२ मिनेट ५२ सेकेण्डको ट्रेलरमा भुतको कथावस्तु देखाइएको छ । हरर थ्रिलर जनारामा बनेको फिल्मको सार्वजनिक ट्रेलरमा कुनै चिजलाई देखेर कलाकार डराइरहेको देख्न सकिन्छ । आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ ।

एमी स्टुडिओ प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ । यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ । सुशन प्रजापतीले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको