१२ चैत्र २०८२, बिहिबार । March 26, 2026

कहिलेकाहीँ श्रीमतीमा भुतको रुपम देखिन्छः आयुष्मान देशराज जोशी


६ पुस २०७९, बुधबार  

9
Shares

काठमाडौं । नेपाली चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ । ट्रेलर रिलिजपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री प्रियंका कार्कीले हरर फिल्म बनाउन धेरै नै गाह्रो रहेको बताए ।

उनले फिल्म धेरै राम्रो भएकाले दर्शकले धेरै मन पराउनेमा विश्वस्त रहेको बताए । त्यस्तै अभिनेत्री ऋचा शर्माले लामो समय लिएर फिल्म धेरै नै राम्रो बनेको बताए । उनले सुनकेशरी फिल्म यो फिल्म जस्तो बनाउन खोजेको तर त्यस्तो बन्न पुगेको बताए ।

त्यस्तै अर्की अभिनेत्री बेनिशा हमालले हरर फिल्ममा काम गर्न धेरै नै गाह्रो भएको बताए । उनले आफूले यो फिल्ममा काम गर्दा धेरै कुराहरु सिक्न पाएको बताए । त्यस्तै अभिनेता आयुष्मान देशराज जोशीले फिल्ममा जस्तै श्रीमतीसँग झगडा गर्दा घरमा कहिलेकाहीँ भुतको रुप देख्न पाइने बताए ।

२ मिनेट ५२ सेकेण्डको ट्रेलरमा भुतको कथावस्तु देखाइएको छ । हरर थ्रिलर जनारामा बनेको फिल्मको सार्वजनिक ट्रेलरमा कुनै चिजलाई देखेर कलाकार डराइरहेको देख्न सकिन्छ । आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ ।

एमी स्टुडिओ प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, आरपी पोखरेल, अरुण चक्रवर्तीलगायत कलाकारको अभिनय छ । यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ । सुशन प्रजापतीले छायांकन गरेका फिल्मलाई यश सैनीले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र