३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

नेप्से परिसूचक ५.८९ अंकले गिरावट



काठमाडौं । साताको दुई दिन लगातार रुपमा बढेको नेप्से बुधवार सामान्य अंकले गिरावट आएको छ ।

बुधबार नेप्से परिसूचक ५.८९ अंक घटेर १८६७.२२ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अंकले घटेको छ । बुधबार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबारको कारोबारमा ९३ करोड भन्दा बढीको शेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये बैंकिङ उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।

जसमा बैंकिङ उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ । त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ । बुधबार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी, इष्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । बुधबार एनआईसी एशिया बैंकले ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ३ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं