२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

टोल–टोलमा ‘डोर टोली’ परिचालन


५ पुस २०७९, मंगलबार  

9
Shares

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नापतौल गर्ने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको छ ।

नेपाल गुणस्तर तथा नापतौल कार्यालयले नेपाल खुद्रा व्यापार संघसँगको सहकार्यमा टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो । उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानून अनुसार कारबाही समेत गर्नेछ । मंगलबार काठमाडौंको सिनामंगल क्षेत्रमा रहेको पसलहरुमा कार्यलयकी सहायक निरीक्षक अनिता घिमिरेको नेतृत्वमा निरीक्षणको टोली पुगेको थियो ।

सहायक निरीक्षक घिमिरेले पसलमा भएका नापतौल ढक तराजु दर्ता नगर्ने व्यवसायीहरुलाई अनुगमन फारम भराई तीन दिनभित्र ढक तराजु दर्ता गर्न निर्देशन दिए । उनले तराजुमा कुनै कैफियत भेटिए कारबाही गरिने पनि बताए । उनले काठमाडौं लगायत विभिन्न जिल्लाका व्यवसायी फर्म तथा पसलामा शुक्रवारसम्म निरीक्षण गरिने बताए ।

उनले व्यापारीहरुले ढक तराजु खरिद् गरेको मितिले ३५ दिनभित्र अनिर्वाय दर्ता गर्नुपर्ने अन्यथा जरिवान हुने कानूनी व्यवस्था रहेको पनि जानकारी दिए । नेपाल खुद्रा व्यापार संघका सदस्य शिव डंगोलले व्यापारीले प्रयोग गर्दै आएका ढक तराजुका साथै डिजिटल काटा बिग्रिएको हुनसक्ने भएकाले ठिक छ कि छैन भनि जाँचबुझ गर्न टोली बनाएको बताए । नापतौल विभागले काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रसुवा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा जिल्ला कार्यक्षेत्र रहेको नापतौल कार्यालयले निरीक्षक र सहायक निरीक्षकको संयोजकत्वमा टोली परिचालन गर्दै आएको छ ।

नापतौल कार्यालयले नापतौलसम्बन्धी उजुरी आएमा कार्यक्षेत्रमा गएर तत्काल कारबाही गर्नेसमेत गरेको छ । नापतौल अनुमति नलिने व्यवसायीलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना गर्दै आइएको पनि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ