१४ मंसिर २०८१, शुक्रबार । November 29, 2024

एनएमबि बैँकका ग्राहकहरुलाई स्वोनिगा लाउन्जमा विशेष छुट



काठमाडौं । एनएमबि बैँक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जबीच सम्झौता भएको छ । 

उक्त सम्झौता अनुसार ग्राहकहरुले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशत सम्मकोआकर्षक छुट पाउने व्यवस्था गरिएको छ । सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका हुन् । अत्याधुनिक बैँकिङ्ग सुबिधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले बैँकले छुटको लागी सहकार्य गरेको हो ।

बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धि थप जानकारी बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिस्काउण्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । यस बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ८ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यू-१९ एसिया कपः नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत आज नेपालले श्रीलंकाको

पाकिस्तानका अलराउन्डर तनवीर चितवन राइनोजमा अनुबन्ध

काठमाडौं । पाकिस्तानका अलराउन्डर सोहेल तनवीरले चितवन राइनोजबाट नेपाल प्रिमियर

अमेरिकी डलरको उकालो यात्रा जारी, अन्य मुद्राको विनिमयदर कस्तो छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

मौसम सामान्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा