२५ माघ २०८१, शुक्रबार । February 7, 2025

चितवनलाई आधार मानि बढ्यो अण्डाको मूल्य



चितवन । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ ।

बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो ।

सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ । उनले भने , “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अण्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अण्डाको मूल्य उस्तै छ ।” औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनको भनाई छ । एक वर्ष छ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो ।

त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ रहेको थियो । नेपालमा अण्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोख्रेल बताउँछन् ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक सिरिजः थाइल्याण्डले उचाल्यो उपाधि, नेपाल जितविहीन

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक टी २० सिरिजमा

तोलामा ४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजः नेपालले आज थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक महिला टी २०

आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम

आजको विनिमयदरः अमेरिकी डलर हालसम्मकै उच्च, युरो र पाउण्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी