८ चैत्र २०८२, आइतबार । March 22, 2026

फिफा विश्वकप फुटबल

उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै


३ पुस २०७९, आइतबार  

6
Shares

एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेल आइतबार हुँदैछ् ।

फाइनलमा साविकको विजेता फ्रान्सले उपाधिको बलियो दावेदार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार राति ८ः४५ बजे कतारको लुसेल आइकोनिक रंगशालमा हुनेछ । तेस्रो पल्ट विश्वकपको उपाधि चुम्ने लक्ष्य सहित अर्जेन्टिना र फ्रान्स दुवै टोलीले फाइनल खेल खेल्नेछन् ।

साविक विजेता फ्रान्स लगातार दोस्रोपल्ट तथा समग्रमा चौथोपटक विश्वकपको फाइनलमा पुगेको टोली हो । फ्रान्स सन् १९९८ र २०१८ मा च्याम्पियन र २००६ मा उपविजेता बनेको थियो । साविकको विजेता फ्रान्स यसपटक पनि च्याम्पियन बन्दै उपाधि रक्षा गर्दै तेस्रो पटक च्याम्पियन बन्ने अभियानमा हुनेछ ।

यता, पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्याशित हार ब्यहोरेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भएको छ । कप्तान लियोनल मेस्सी अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाउँदै आफ्नो खेल जीवनलाई सुखद अन्त्य गर्न चाहन्छन् । त्यसैले पनि अर्जेन्टिना र मेस्सीका लागि यो फाइनल खेल धेरै अर्थपूर्ण छ ।

अर्जेन्टिनाको यो पाँचौं फाइनल हुनेछ । दुईपटक (सन् १९७८ र १९८६० को च्याम्पियन अर्जेन्टिना १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो