१ कार्तिक २०८३, आइतबार । October 19, 2026

फिफा विश्वकप फुटबल

उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै


३ पुस २०७९, आइतबार  

6
Shares

एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेल आइतबार हुँदैछ् ।

फाइनलमा साविकको विजेता फ्रान्सले उपाधिको बलियो दावेदार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार राति ८ः४५ बजे कतारको लुसेल आइकोनिक रंगशालमा हुनेछ । तेस्रो पल्ट विश्वकपको उपाधि चुम्ने लक्ष्य सहित अर्जेन्टिना र फ्रान्स दुवै टोलीले फाइनल खेल खेल्नेछन् ।

साविक विजेता फ्रान्स लगातार दोस्रोपल्ट तथा समग्रमा चौथोपटक विश्वकपको फाइनलमा पुगेको टोली हो । फ्रान्स सन् १९९८ र २०१८ मा च्याम्पियन र २००६ मा उपविजेता बनेको थियो । साविकको विजेता फ्रान्स यसपटक पनि च्याम्पियन बन्दै उपाधि रक्षा गर्दै तेस्रो पटक च्याम्पियन बन्ने अभियानमा हुनेछ ।

यता, पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्याशित हार ब्यहोरेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भएको छ । कप्तान लियोनल मेस्सी अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाउँदै आफ्नो खेल जीवनलाई सुखद अन्त्य गर्न चाहन्छन् । त्यसैले पनि अर्जेन्टिना र मेस्सीका लागि यो फाइनल खेल धेरै अर्थपूर्ण छ ।

अर्जेन्टिनाको यो पाँचौं फाइनल हुनेछ । दुईपटक (सन् १९७८ र १९८६० को च्याम्पियन अर्जेन्टिना १९३०, १९९० र २०१४ मा उपविजेता बनेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ८ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि