४ असार २०८३, बिहिबार । June 18, 2026

घट्यो इन्धनको मुल्य, शुक्रबार राति बाटै लागु हुने


२ पुस २०७९, शनिबार  

9
Shares

एजेन्सी । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १७८ र डिजेल–मटितेल प्रतिलिटर १७५ कायम गरिएको छ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल–मटितेल १७८ रुपैयाँ थियो । निगमले हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएपछि नेपालमा पनि इन्धनको मुल्य घटाएको हो । पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ मूल्य पछि पनि ठूलो नाफामा छ ।

तर, सञ्चित नोक्सानी र बक्यौता ऋण १९ अर्ब रहेको कारण देखाउँदै निगमले यो पटक पनि उपभोक्ता मूल्य अन्तरार्ष्ट्रिय बजार अनुसार मूल्य समायोजन गरेको छैन् ।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा