३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

नेप्से परिसूचक १४.४८ अंकले गिरावट



काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ ।

गत मंगलबारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीबार पनि १४.४८ अंक घटेर १८८२.६० बिन्दुमा झरेको हो । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ । बिहीबार कारोबारमा आएका २८४ कम्पनीको ४८ लाख ४ हजार कित्ता शेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बिहीबार नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ । बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक १.४९ प्रतिशत घटेको छ ।

त्यस्तै,जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । नेप्से परिसूचकका दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा रुरु जलविद्युत परियोजना र ईष्टर्न हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, माउण्टेन इनर्जीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ । तर यता पिपुल्स हाइड्रोपावरको शेयरमूल्य यस दिन नकारात्मक सर्किट लेभलमा करोबार भएको छ । बिहीबार नेपाल क्रेडिट एण्ड कमर्श बैंकको २२ करोड ८९ लाख ४२ हजार रुपैयाँ बराबरको संस्थापक शेयरको कारोबार भएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ४ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं