२४ भदौ २०८३, बुधबार । September 10, 2026

दमकका दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने


२८ मंसिर २०७९, बुधबार  

6
Shares

झापा । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो । रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क रु नौ सय ५० लिने गरेको थियो । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमित रगत चढाउनुपर्ने र पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपलब्ध गराउने सहमति भएको जानकारी दिए ।

त्यसका लागि दमकमा स्थायी बसोबासको प्रमाण पेश गर्नुपर्ने छ । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शशी राई, दमक रेडक्रसका सभापति बुढाथोकी र पूर्वसभापति लिला गुरागाईंको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । दमक रेडक्रसले रक्तसञ्चार र सर्पदंश उपचार सेवा सञ्चालन गर्दैआएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ

किङ्स कलेजको इम्प्याक्ट वीक २०२६ सम्पन्न, ५ देशका कोचसहित १०८ सहभागीले खोजे समुदायका चुनौतीको समाधान

काठमाडौं । समुदायका वास्तविक चुनौतीलाई केन्द्रमा राखेर किङ्स कलेज, काठमाडौंको

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated