एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गतको दोस्रो सेमिफाइनल खेल बुधबार हुँदैछ ।
बुधबार राति १२ बजेर ४५ मिनेटमा कतारको अल बायत स्टेडियममा हुने सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्ने छन् । साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।
अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै फइनलमा आफ्नो स्थान सुरक्षित गरि सकेको छ ।
प्रतिक्रिया