१ चैत्र २०८१, शनिबार । March 16, 2025

कपिलवस्तुमा १० हजारभन्दा बढी आँखाका बिरामी



कपिलवस्तु । कपिलवस्तुमा दृष्टिविहीनताको अवस्था डरलाग्दो देखिएको छ । जिल्लाको १० वटैपालिका गरिएको जाँचबाट आँखाको बिरामी सङ्ख्यामा वृद्धि देखिएको हो ।

कपिलवस्तुमा १० हजार नौ सय ९७ आँखाका बिरामी देखिएका छन् । नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले आज शिवपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कपिलवस्तु जिल्लामा आँखाको बिरामीको स्थितिको बारेमा तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्लामा शिवराज नगरपालिकामा सबैभन्दा बढी आँखाको बिरामी रहेको बताइएको छ ।

शिवराजमा एक हजार छ सय ७९ आँखाको बिरामी रहेको तथ्याङ्कमा देखाइएको छ । वाणगङ्गा नगरपालिकामा एक हजार छ सय २४, बुद्धभूमि नगरपालिकामा एक हजार चार सय २९, कृष्णनगर नगरपालिकामा एक हजार तीन सय ७८ र महराजगञ्ज नगरपालिकामा एक हजार दुई सय छ आँखाको बिरामी रहेको बताइएको छ । जिल्लाको मायादेवी गाउँपालिकामा एक हजार ६१, शुद्धोधन गाउँपालिकामा नौ सय ९४, यशोधरा गाउँपालिकामा आठ सय १३ र विजयनगर गाउँपालिकामा आठ सय १३ आँखाका बिरामीको पहिचान भएको नेपाल नेत्र ज्योति सङ्घ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शमशेर थापाले जानकारी दिए ।

प्रशासक थापाले विभिन्न समयमा गरिएको जाँचबाट बिरामीको तथ्याङ्क प्राप्त भएको जानकारी दिए । उनले सबै बिरामीको शल्यक्रियाबाट उपचार गर्नुपर्ने बताएका छन् । पालिकास्तरमा बिरामीको उपचारका लागि सहयोगको अपेक्षा गरिएको उल्लेख गरे । अस्पतालले पालिकाको सहयोगमा निःशुल्क उपचार गर्दै आएको छ ।

उनले आँखाको हेरचाह र सरसफाइ विशेष ध्यान पर्‍याउन आग्रह गरे । नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पातलले स्थापना कालदेखि हालसम्म नौ लाख ३० हजार छ सय २२ जनाको ओपिडी परीक्षण गरिएको र एक लाख २३ हजार सात सय आठ जनाको शल्यक्रिया गरिएको जानकारी दिए । उनले बजेटको अभावमा उपकरण खरिद उपचारमा समस्या सिर्जना भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडियो)

काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र गायक शिव परियारको

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी

शनिबार कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा