२ जेष्ठ २०८२, बिहिबार । May 15, 2025

चलचित्र सरी ममको ट्रेलर सार्वजनिक



काठमाडौं । चलचित्र सरी ममको ट्रेलर सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । १ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ । लागुऔषध बिरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्ममा प्रमुख कलाकार सरिता लामिछाने, सरोज खनालको अभिनय रहेको छ ।

चलचित्रमा परिवारको सदस्य दुव्र्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ । किशोरावस्था उमेरलक्षित चलचित्रको सार्वजनिक ट्रेलरले कुलतबिरुद्धको सन्देश बोल्छ । कार्यक्रममा बोल्दै नायिका सरिता लामिछानेले किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको भन्दै चलचित्र उत्कृष्ट रहेकाले दर्शकको मन जित्ने बताइन् ।

उनले फिल्मले सामाजिक कथावस्तुको उजागर गरेकाले लक्षित वर्गमा यसको प्रभाव पार्ने बताइन् । त्यस्तै कार्यक्रममा नायिका करिश्मा मानन्धरले फिल्म सरी ममले दर्शकको माया धेरै पाउनेमा विश्वस्त रहेको बताइन् । चलचित्र सन्देशमुलक भएकाले सबैले हेर्न आवश्यक रहेको बताइन् ।

उनले कलाकार क्षेत्रमा दिग्गज मानिने व्यक्तित्वहरु चलचित्रमा रहेकाले र लागुऔषध बिरुद्धको अभियानमा यसले सहयोग पुग्ने बताइन् । नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाईं , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ । फिल्ममा दीर्घ गुरुङको छायाङ्कन र प्रितम पाण्डेको सम्पादन छ ।

आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मको निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ११ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म

काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष