११ चैत्र २०८२, बुधबार । March 26, 2026

सुख्खायाम लागेसँगै भारतबाट बिजुली खरिद सुरु


२७ मंसिर २०७९, मंगलबार  

6
Shares

काठमाडौं । बर्खायाममा उत्पादित बिजुली बेच्दै आएको नेपाल विद्युत् प्राधिकरणले हिउँद लागेसँगै बिजुली खरिद गर्न थालेको छ ।

प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स) को डे अहेड मार्केटबाट विद्युत् खरिद सुरु गरेको हो । हाल करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र पिक डिमान्ड करिब एक हजार छ सय मेगावाट छ । गत मंसिर २१ गतेबाट आयात सुरु गरेको विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

बिहान करिब ३ बजेदेखि ११ बजेसम्म विद्युत् आयात गरेर माथिल्लो तामाकोसी तथा कालीगण्डकी ए जलविद्युत् आयोजनाको पानी सञ्चित गरिन्छ । प्राधिकरणका अनुसार मङ्सिरमा निर्यातको औसत दर करिब सात रुपैयाँ ७० पैसा छ भने खरिद दर भने औसत पाँच रुपियाँ १० पैसा छ । मङ्सिर २१ देखि २५ सम्म पाँच दिनमा प्राधिकरणले करिब ३८ लाख युनिट बिजुली खरिद गरेको छ ।

यद्यपि नियात पनि सँगसँगै भइरहेको प्राधिकरणले जानकारी दिएको छ । यसबीच ८५ हजार मेगावाट आवर बिजुली बिक्री गरिसकेको उल्लेख छ । हिउँदमा जलप्रवाह घटेर विद्युत् उत्पादन कम हुने भएकाले निर्यात रोकिए पनि अर्को वर्षको जेठको अन्तिम साताबाट भने निर्यात पुनः सुरु हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे सात अर्ब रुपैयाँको विद्युत् निर्यात गरिसकेको छ । नेपाल विद्युत् प्राधिकरणको आकलनअनुसार चालू आर्थिक वर्षको असारसम्म प्रणालीमा ८११ मेगावाट विद्युत् थप हुँदै छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali