८ चैत्र २०८२, आइतबार । March 23, 2026

अचार बिक्रीबाट मनग्य आम्दानी


२५ मंसिर २०७९, आइतबार  

6
Shares

म्याङ्लुङ । सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर ।

घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार । विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन ।

गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो । जीवनका सङ्घर्ष निकै कष्टकर नै थियो । कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उनको परिवारलाई । तर यतिबेला उनको दैनिकी फेरिएको छ ।

देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी बनेकी उनलाई यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याई छ । हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आएकी घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी छन् । शारीरिकरूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन ।

गत वर्षदेखि मात्र सुरु गरेको उनको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ । घरायसी प्रविधिबाट अग्र्यानिक उत्पादन गर्ने गरेका छन् । हातमा सीप नहुँदा दिनभर अर्काको काम गर्न जाँदा खानै मुस्किल हुन्थ्यो । छोराछोरी पढाउन निकै मुस्किल हुन्थो ।

बल हुन्जेल अरुकै काम गरेर जीवन धानेका थियौँ । तर उमेर ढल्किँदै गएपछि र कमजोर भएपछि काम गर्न जान पनि सक्न छाडियो । घर चलाउनै मुस्किल भएको उजका श्रीमान् सूर्यबहादुर विकले बताए । उनि भन्छन्, “तालिमले मलाई सीपमात्र दिएन, परिवार धान्न गतिलो माध्यम पनि दिएको छ । यही अचार उत्पादनले परिवारको सामान्य घर खर्च चलाउँदै आएका छौँ ।”

उनि थप्छन्, “सुरुमा मैले थोरै लगानीमा सुरु गरेको हो । बजारमा अचारको माग बढेकाले लगानी थप्ने सोचमा छु । लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ ।” छोरा वैैदेशिक रोजगारमा छन् । श्रीमान्, बुहारी र उहाँ घरमा हुनुहुन्छ । व्यवसाय सञ्चालनमा उनलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन् । उनको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो रु एक हजारमा बिक्री गर्ने गरेकी छन् ।

परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आउनुभएकी उनि आफ्नो व्यवसायबाट सन्तुष्ट छिन् । मेलिना अचार उद्योग स्थापना गरी गाउँमै उहाँले व्यवसाय गर्दै आएकी छिन् । खासगरी अकबरेको अचार उत्पादन गर्दै आएका छन् । अचार उद्योगमा उनका श्रीमान् सूर्यबहादुरले साथ दिँदै आएका छन् ।

सूर्यबहादुर भन्छन्, “सुरुका दिनमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो । तर यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ । बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकाले धान्न सकिएको छैन ।” अचार बिक्रीका लागि बजार खोजिरहनु पर्दैन ।

ग्राहकले फोनमार्फत माग गर्दै आएका छन् । ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई । जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात गर्दै आएका छाैँ । अकबरेमात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ । अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन ।

विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेका तालिम खासै उपयोगमा आएका देखिँदैनन् । आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोजगार बन्न सकिन्छ भन्ने वासुकला उदाहरण बनेकी छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो