८ बैशाख २०८३, मंगलबार । April 21, 2026

चितवनमा खिचरा महोत्सव हुने


२५ मंसिर २०७९, आइतबार  

6
Shares

चितवन । चितवनमा यस वर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ ।

आगामी पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौँ संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारू कल्याणकारिणीसभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यस वर्ष आकर्षण थप गरिएको बताए ।

उनले सीमान्तकृत जनजातिको मौलिक वेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिए । उनले भने, “यस्तो पहिरनले समुदायको पहिचान झल्काउनुका साथै संरक्षणमा पनि टेवा पुग्छ, कला, संस्कृति संरक्षण नै महोत्सवको उद्देश्य रहेकाले मौलिक वेषभूषालाई प्राथमिकता दिएका हौँ ।” महोत्सवमा अन्य आकर्षणका रूपमा हरेक दिन थारूलगायत विभिन्न जातजातिका परम्परागत वेषभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी कक्ष, थारूलगायत अन्य जातजातिका मौलिक खानाका परिकारका प्रदर्शनी, प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, विभिन्न हस्तकला सामग्री तथा व्यावसायिक प्रदर्शनी, बाल उद्यान, खुला हाजिरी जवाफ प्रतियोगिता, मिस्टर एण्ड मिस थारू २०२२ का प्रतिस्पर्धीद्वारा नेपालभरिकै थारू पहिरनको प्रदर्शनी, तराईका विभिन्न जिल्लाका थारू विशेष सांस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारू ब्रम्हथान परिसरलगायत रहेका छन् ।

महोत्सवलाई सफल बनाउन एक सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न ३२ उपसमिति बनाइएको छ । महोत्सव उद्घाटनको दिन खैरहनी–८ मगनीचोकबाट महोत्सवस्थलसम्म झाँकी र विभिन्न परम्परागत वेषभ्रषासहितको शोभायात्रा निकालिने आयोजक संस्थाका सभापति चुडामणि चौधरीले जानकारी दिए । थारू कल्याणकारिणीसभा चितवनका सभापति ललित चौधरीले खिचरा महोत्सव चितवनकै ‘ब्राण्ड’ बनेको जनाउँदै यसलाई भव्यरूपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरे ।

उनले थारू समुदायको पहिचान र संस्कृति विश्वभर चिनाउन यस महोत्सवले पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकप्रति आभार प्रकट गरे । महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले खिचरा थारू समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सवको रूपमा आयोजना गर्दै आइरहेको बताए । उनले स्थानीय थारू युवा र व्यवसायीको सामान्य सहयोगमा महोत्सव यहाँसम्म पुर्‍याइएको भन्दै आर्थिक अभाव हुँदाहुँदै पनि निरन्तरता दिँदै आइरहेको बताए ।

महोत्सवमा प्रवेश शुल्क रु ५० तोकिएको छ । यस्तै महोत्सवमा एक सय २० विभिन्न व्यापारिक प्रदर्शनी कक्षसमेत रहने छन् । संस्थापक महतोको अग्रसरतामा विसं २०७० मा दुईदिने खिचरा महोत्सवको सुरुआत भएको थियो । थारू समुदायले माघ १ गते भव्यरूपमा खिचरा पर्व मनाउँदै आइरहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ९ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित