२ जेष्ठ २०८२, बिहिबार । May 15, 2025

फिल्म ‘सोल अफ द कमाण्डो’ शुक्रबारबाट प्रदर्शन सुरु



काठमाडौं । नेपाली कथानक चलचित्र ‘सोल अफ द कमाण्डो’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।

प्रदर्शनपछिको शो हेरिसकेपछि सोल अफ द कमाण्डो चलचित्रका कलाकारहरुले फिल्म एकदमै राम्रो भएकाले सबैजनाले हेर्नुपर्ने बताए । उनीहरुले चलचित्रमा गोरखालीको वीर गाथालाई प्रश्तुत गरेको बताए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा बोल्दै अभिनेता राजकुमार राईले चलचित्र नितान्त गोरखाली सैनिकको कथामा आधारित रहेको बताए ।

उनले नेपालीहरु इण्डियन र ब्रिटिस आर्मीमा जाँदा भोग्नुपरेका कथा र दुःखहरुलाई फिल्ममा देखाइएको बताए । उनले चलचित्रले नेपालको इतिहास थाहा नभएका हरुलाई इतिहासको बारेमा राम्रो जानकारी दिनेपनि उल्लेख गरे । २४ वर्षपछि फिल्मी पर्दामा देखिएका राईले दर्शकले चलचित्र मन पराउनेमा आशावादी रहेको बताए ।

फिल्ममा राइसँगै शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राई लगायतको पनि अभिनय छ । युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता छन् । अभिनेता राई तेक्वान्दो खेलाडीका साथै अवकाश प्राप्त ब्रिटिश आर्मी हुन् ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खसीको नाममा बाख्रीको मासु बेच्ने पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका–१ जितगढीका मेराज शाहलाई खसीको मासुको नाममा

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज

युट्युब हेरेर सीप सिकिन्, महिनामा ६० हजार कमाउने उद्यमी बनिन् बसन्ती

कञ्चनपुर । कञ्चनपुर, पुनर्वास–३ की बसन्ती चन्द अब घर खर्चका

काठमाडौंमा चिनियाँ उपाध्यक्ष सियाओ: सगरमाथा संवाददेखि सांस्कृतिक यात्रासम्म

काठमाडौं । नेपाल – चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष