२२ माघ २०८२, बुधबार । February 4, 2026

विश्वकप फुटबल सिनेमाहलमा देखाए कार्बाही हुने



काठमाडौं । चलचित्र विकास बोर्डले विश्वकप फुटबल देखाउने सिनेमा हललाई कारबाही गर्ने भएको छ ।

केही सिनेमा हलले २३ मंसिरदेखि विश्वकप फुटबलअन्तर्गत क्वार्टरफाइनलका खेल देखाउने घोषणा गरेपछि विकास बोर्डले ध्यानाकर्षण पत्राचार गर्दै चलचित्र प्रदर्शन गर्न दिइएको इजाजतपत्रमा उल्लेख भएबमोजिमका सर्तमा मात्र प्रदर्शन गर्न सूचित गरेको हाे । चलचित्र प्रदर्शन गर्न दिइएको ईजाजतपत्रको अनुसूचि ७ मा व्यवस्था भएअनुसार हल सञ्चालन नभए नियमानुसारको कारबाही हुने बोर्डले चेतावनी दिएको छ ।

‘प्रस्तुत सन्दर्भमा विभिन्न चलचित्रहरुले नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रतियोताको प्रसारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरहरुले आफ्नो वेबसाइट मार्फत शो समय समेत खुलाएको देखिएको सन्दर्भमा यस बोर्डको ध्यानाकर्षण भएको छ । उपरोक्त सम्बन्धमा चलचित्र प्रदशन गर्न दिईने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिईने इजाजतपत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तः बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ ।

अन्यथा नियमानुसारको कारबाही भैजाने व्यहोरा जानकारी गराईन्छ ।’ विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले जारी गरेको पत्रमा उल्लेख छ । 

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ३ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल