३ चैत्र २०८१, सोमबार । March 17, 2025

पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यकः रवि सिंह



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताएका छन् ।

बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा प्रभातफेरी कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने सरकारको आवश्यक्ता आम नागरिक र निर्माण व्यवसायीहरुलाई रहेको बताए । उनले कोरोना भाइरस, रुस-युक्रेन युद्ध, तरलताको अभाव, निर्माण सामग्री समयमा नै उपलब्ध नहुनु लगायतका कारण पनि निर्माण व्यवसाय संकटमा रहेको बताए ।

अध्यक्ष सिंहले निर्माण व्यवसायलाई चलायमान बनाउन सरकारले निर्माण क्षेत्रमा पुँजी सञ्चालन गरी निर्माण उद्योगले प्राप्त गरेको सार्वजनिक खरिद ऐनमा व्यवस्था भए अनुसार २० प्रतिशत पेस्की रकम दिने प्रावधानलाई कडाईका साथ लागू गर्नुपर्ने र निर्माण व्यवसायीले दिएको बिलको तुरुन्त भुक्तानी गर्न आवश्यक रहेको बताए । उनले भूक्तानीमा ढिलाइ हुँदा पूर्वाधार विकासले तिब्रता लिन नसकेको भन्दै अर्थतन्त्रलाई चलायमान गर्न निर्माण उद्योगलाई चलायमान गर्नुपर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघले आज १५ औं निर्माण दिवस मनाएको छ ।

निर्माण दिवसको अवसरमा महासंघले प्रभातफेरी पनि गरेको थियो । उनीहरु निर्माण सामग्रीमा भएको मूल्यवृद्धि नियन्त्रण गर्, मूल्य समायोजन निर्देशिका भाग २ जारी गर्, पूर्वाधार निर्माण दिगो विकासको आधार, निर्माणबाट नै समृद्धि लगायतका प्लेकार्डहरु बोकेर प्रभातफेरीमा सहभागी बनेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  १२ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति