५ असार २०८३, शुक्रबार । June 19, 2026

कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताल नियुक्त


२१ मंसिर २०७९, बुधबार  

6
Shares

काठमाडौं । कर्मचारी सञ्चय कोषको प्रमुख प्रशासकमा जितेन्द्र धिताल नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चय कोषको प्रमुख प्रशासकमा धिताललाई नियुक्त गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । धिताल यसअघि कोषको निमित्त प्रशासक थिए । चार्टर्ड अकाउन्टेन्ट ९सीए० धिताल गोरखाका स्थायी बासिन्दा हुन् ।

अर्थशास्त्र तथा सूचना प्रविधिमा समेत स्नात्तकोतर गरेका धिताल सीएको अध्ययन लगतै सञ्चयकोषमा प्रवेश गरेका थिए । सञ्चय कोषले कात्तिकमै प्रशासकको लागि सूचना जारी गरेपछि तीन जनाले आवेदन दिएका थिए । त्यसमध्ये धिताल विभिन्न प्रक्रिया पार गर्दै प्रशासकमा नियुक्त भएका हुन् ।

निर्वाचन आचारसंहिताका कारण नियुक्ति प्रक्रिया केही ढिला भएको हो । यो वर्ष कर्मचारी सञ्चय कोष ६१ वर्षमा लागेको छ । कोषले सरकारी र निजी क्षेत्रका कर्मचारीको सेवाअवधि र अवकासपछिको वित्तीय सुरक्षाको काम गर्दै आएको छ ।

कोषले यो वर्ष फिलिपिन्समा रहेको एसिया प्यासिफिक क्षेत्रका डेभलपमेन्ट फाइनासिङ संस्थाहरूको संगठन एडीफ्यापबाट ‘टेक्नोलोजी डेभलपमेन्ट’अन्तर्गतको अवार्डसमेत पाएको छ । साथै लामो समयदेखि अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा संस्थाको एसोसिएट सदस्य रहेको कोष यही वर्षदेखि स्थायी सदस्य बनेको छ । कोषले सञ्चयकर्ताका ससाना आवश्यकता विशेषतः आवास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा तथा देशको आर्थिक विकासका लागि ठूला पूर्वाधार आयोजनामा लगानीसमेत गर्दै आएको छ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ७ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा