७ कार्तिक २०८३, शनिबार । October 24, 2026

चार महिनामा दुई सय उद्योग थपिए


१७ मंसिर २०७९, शनिबार  

18
Shares

दाङ । दाङमा आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा दुई सय ९५ नयाँ साना तथा घरेलु उद्योग थपिएका छन् ।

जसमा रु ६१ करोड २४ लाख ३१ हजार पूँजी लगानी गरिएको छ । प्राइभेट फर्म दुई सय ७९, साझेदारी ११ र पाँचवटा प्रालि रहेको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत विक्रम केसीले जानकारी दिए । यसरी दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक २७, सेवामूलक ५५, कृषि तथा वनजन्य एक सय ८३ र पर्यटनसम्बन्धी ३० रहेका उनको भनाइ छ ।

यसरी दर्ता भएका घरेलु तथा साना उद्योगमा महिला एक सय ६० र पुरुष एक सय ५८ उद्यमी थपिएका छन् । जसमा महिला चार सय चार र पुरुष छ सय ७४ जनाले रोजगारी प्राप्त गरेका छन् । चार महिनामा तीन सय २७ वटाको नवीकरण गरिएको छ । अन्य संशोधन १ सय ६८ वटा छन् ।

कतिपयले अनुदान पाउन तथा सहुलियतमा ऋण लिन मात्रै पनि उद्योग दर्ता गर्ने पाइएको छ । यसैले उद्योग दर्ताको सङ्ख्या धेरै देखिने गरेको छ । कार्यालयले उद्योगतर्फबाट पहिलो चौमासिकसम्ममा २७ लाख सात हजार राजस्व सङ्कलन गरेको केसीले बताए। जिल्लामा कात्तिक मसान्तसम्म घरेलु तथा साना उद्योग गरेर ११ हजार एक सय ५२ वटा उद्योग रहेका छन् ।

कार्यालयमा वाणिज्यतर्फ चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म तीन सय ६० वटा फर्म दर्ता भएका छन् भने यसै अवधिमा ७२ वटा बन्द भएका छन् । चार महिनामा तीन सय ३२ वटा फर्म नवीकरण भएका छन् । त्यसैगरी एक सय ९४ वटा अन्य संशोधन गरेका छन् । वाणिज्यतर्फ चार महिनामा कार्यालयले रु ३५ लाख सात हजार राजस्व सङ्कलन गरेको अधिकृत केसीले बताए ।

विसं २०६३ वैशाखदेखि २०७९ कात्तिक मसान्तसम्ममा जिल्लामा १२ हजार छ सय ९६ वटा वाणिज्य फर्म दर्ता भएका छन् । पाँच लाखभन्दा कम पूँजी रहेका उद्योग तथा वाणिज्य फर्महरू स्थानीय तहमा दर्ता हुने गरेको अधिकृत केसीले बताए । यसै कारणले पनि सङ्ख्या कम देखिएको उहाँको भनाइ छ ।

जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकसम्म ८१ साना तथा घरेलु उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत केसीले जानकारी दिए । यसै अवधिमा वाणिज्यतर्फका ७२ वटा व्यवसाय बन्द भएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि