४ असार २०८३, बिहिबार । June 18, 2026

चार महिनामा दुई सय उद्योग थपिए


१७ मंसिर २०७९, शनिबार  

18
Shares

दाङ । दाङमा आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा दुई सय ९५ नयाँ साना तथा घरेलु उद्योग थपिएका छन् ।

जसमा रु ६१ करोड २४ लाख ३१ हजार पूँजी लगानी गरिएको छ । प्राइभेट फर्म दुई सय ७९, साझेदारी ११ र पाँचवटा प्रालि रहेको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत विक्रम केसीले जानकारी दिए । यसरी दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक २७, सेवामूलक ५५, कृषि तथा वनजन्य एक सय ८३ र पर्यटनसम्बन्धी ३० रहेका उनको भनाइ छ ।

यसरी दर्ता भएका घरेलु तथा साना उद्योगमा महिला एक सय ६० र पुरुष एक सय ५८ उद्यमी थपिएका छन् । जसमा महिला चार सय चार र पुरुष छ सय ७४ जनाले रोजगारी प्राप्त गरेका छन् । चार महिनामा तीन सय २७ वटाको नवीकरण गरिएको छ । अन्य संशोधन १ सय ६८ वटा छन् ।

कतिपयले अनुदान पाउन तथा सहुलियतमा ऋण लिन मात्रै पनि उद्योग दर्ता गर्ने पाइएको छ । यसैले उद्योग दर्ताको सङ्ख्या धेरै देखिने गरेको छ । कार्यालयले उद्योगतर्फबाट पहिलो चौमासिकसम्ममा २७ लाख सात हजार राजस्व सङ्कलन गरेको केसीले बताए। जिल्लामा कात्तिक मसान्तसम्म घरेलु तथा साना उद्योग गरेर ११ हजार एक सय ५२ वटा उद्योग रहेका छन् ।

कार्यालयमा वाणिज्यतर्फ चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म तीन सय ६० वटा फर्म दर्ता भएका छन् भने यसै अवधिमा ७२ वटा बन्द भएका छन् । चार महिनामा तीन सय ३२ वटा फर्म नवीकरण भएका छन् । त्यसैगरी एक सय ९४ वटा अन्य संशोधन गरेका छन् । वाणिज्यतर्फ चार महिनामा कार्यालयले रु ३५ लाख सात हजार राजस्व सङ्कलन गरेको अधिकृत केसीले बताए ।

विसं २०६३ वैशाखदेखि २०७९ कात्तिक मसान्तसम्ममा जिल्लामा १२ हजार छ सय ९६ वटा वाणिज्य फर्म दर्ता भएका छन् । पाँच लाखभन्दा कम पूँजी रहेका उद्योग तथा वाणिज्य फर्महरू स्थानीय तहमा दर्ता हुने गरेको अधिकृत केसीले बताए । यसै कारणले पनि सङ्ख्या कम देखिएको उहाँको भनाइ छ ।

जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकसम्म ८१ साना तथा घरेलु उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत केसीले जानकारी दिए । यसै अवधिमा वाणिज्यतर्फका ७२ वटा व्यवसाय बन्द भएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा