२९ फाल्गुन २०८१, बिहिबार । March 13, 2025

मनाङमा शून्य लैङ्गिक हिंसा



मनाङ । हिमाली जिल्ला मनाङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लैङ्गिक हिंसाको उजुरी परेको छैन ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन् । गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ आचार्यले लैङ्गिक हिंसाका उजुरी कम पर्ने जिल्लाको रूपमा मनाङ पर्ने जानकारी दिए ।

“यहाँ महिलाप्रधान समाज छ । गाउँमा घटेका कतिपय घटना गाउँघरमै मिलाउनुपर्छ भन्ने मान्यता छ”, उनले भने । प्रहरी नायव उपरीक्षक प्रेम सागर केसी गाउँमै मिलापत्र गर्ने र नसक्ने अवस्थामा मात्रै प्रहरीलाई गुहार्ने गरिएको बताए । “प्रहरीसम्म उजुरी एकदमै न्यून आउने गरेको छ”, उनले भने ।

कतिपय घटना समाजमै लुकेर रहने उनको भनाइ छ । समय समयमा यस्ता घटना उजागर गर्न, पीडितलाई न्याय, पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले सचेतनाको कार्यक्रम गर्दै आएको छ । कार्यक्रमका सहभागीले जिल्लामा हिंसाका घटना सार्वजनिक हुन नसकेको अवस्था रहेकाले चेतना अविवृद्धिको खाँचो रहेको औँल्याएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  २ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ