३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

मंसिर २२ देखि विद्युतीय सामाग्रीहरुको प्रदर्शनी हुँदै



काठमाडौं । काठमाडौंको भृकुटिमण्डपका मंसिर २२ गतेदेखि २५ गतेसम्म इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको वृहत प्रदर्शनी हुने भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा अन्तराष्ट्रिय स्तरको इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२२’ हुने भएको हो । बिहीबार महासंघले काठमाडौंमा पत्रकार गरी काठमाडौंको भृकुटीमण्डपका मंसिर २२ गतेदेखि २५ गतेसम्म इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत प्रदर्शनी हुने जानकारी दिएको हो । सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष सुरेन्द्रप्रसाद पौडेलले विद्युत तथा विद्युतीय सामग्रीको व्यवसाय विकास र आन्तरिक तथा वाह्य व्यापार सहजीकरण एवम् प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

उनले मुलुकमा बढ्दै गएको विद्युतको उपभोगमा वृद्धि गरी देशलाई आर्थिक रुपमा सवल बनाउने र विद्युतीय व्यापार प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स, सञ्चार, वैकल्पिक उर्जा उद्यमीहरुलाई समेत एक ठाउँमा मेलाले जमघट गराउने बताए । उनले मेलामा ४९ वटा ब्लकहरुमा २६ वटा स्टल गरी ७५ वटा प्याभिलियन स्टलहरु राखिने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तराईका जिल्लाहरुमा आज फागु अर्थात होली पर्व मनाइँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ

अमेरिकी डलरको भाउ घट्यो, युरो र पाउण्डको मूल्य पनि घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

पूर्ण रुपमा सुधार भयो मौसम, देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी