३ चैत्र २०८१, सोमबार । March 17, 2025

विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ हुँदै



काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ आयोजना गर्ने भएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १९ गतेदेखि २८ गतेसम्म हाइड्रो, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्बन्धित व्यापार मेला सिएनआई एक्स्पो २०२३ आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रदेश १ परिसंघका सदस्य गिरिजा सार्दले अन्य एक्स्पो भन्दा सिएनआई एक्स्पो २०२३ फरक ढङ्गले गर्न खोजेको बताए । उनले एक्स्पो कुनै एउटा क्षेत्र मात्रै नभएर धेरै क्षेत्रलाई समेटेर प्रदेश नम्बर समग्रमा ठूलो एक्स्पो आयोजना गर्न लागेको बताए ।

उनले एक्स्पोमार्फत उद्योग परिसंघमा एउटा क्षेत्रको मात्रै संग्लनता रहेको छैन समग्र सबै क्षेत्रको सहभागिता रहेको देखाउन खोजिएको बताए । उनले एक्स्पोमा भारतीयहरुलाई समेत बोलाउने प्रयास भइरहेको बताए । उनले मेलामा करिव ४ हजार मानिसहरुलाई सहभागिता गराउने उद्देश्य रहेको बताए ।

उनले मेलामा ५० करोड भन्दा बढीको व्यापार हुने अपेक्षा रहेको बताए । उनले एक्स्पो १० दिनसम्म हुने बताए । उनले मेलामा ३५० वटा स्टलहरु राखिने बताए । स्टलहरुमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति