२२ माघ २०८२, बुधबार । February 4, 2026

विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ हुँदै



काठमाडौं । नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ आयोजना गर्ने भएको छ ।

नेपाल उद्योग परिसंघ प्रदेश १ ले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १९ गतेदेखि २८ गतेसम्म हाइड्रो, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्बन्धित व्यापार मेला सिएनआई एक्स्पो २०२३ आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रदेश १ परिसंघका सदस्य गिरिजा सार्दले अन्य एक्स्पो भन्दा सिएनआई एक्स्पो २०२३ फरक ढङ्गले गर्न खोजेको बताए । उनले एक्स्पो कुनै एउटा क्षेत्र मात्रै नभएर धेरै क्षेत्रलाई समेटेर प्रदेश नम्बर समग्रमा ठूलो एक्स्पो आयोजना गर्न लागेको बताए ।

उनले एक्स्पोमार्फत उद्योग परिसंघमा एउटा क्षेत्रको मात्रै संग्लनता रहेको छैन समग्र सबै क्षेत्रको सहभागिता रहेको देखाउन खोजिएको बताए । उनले एक्स्पोमा भारतीयहरुलाई समेत बोलाउने प्रयास भइरहेको बताए । उनले मेलामा करिव ४ हजार मानिसहरुलाई सहभागिता गराउने उद्देश्य रहेको बताए ।

उनले मेलामा ५० करोड भन्दा बढीको व्यापार हुने अपेक्षा रहेको बताए । उनले एक्स्पो १० दिनसम्म हुने बताए । उनले मेलामा ३५० वटा स्टलहरु राखिने बताए । स्टलहरुमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल