२१ माघ २०८१, सोमबार । February 3, 2025

रामजानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न



धनुषा । श्रीराम जानकी विवाह पञ्चमी महामहोत्सव सम्पन्न भएको छ ।

महामहोत्सवको अन्तिम दिन आज रामकलेवा विधि गरिएसँगै यस वर्षको विवाह पञ्चमी सम्पन्न भएको हो । जानकी मन्दिर परिसरमा भएको भण्डारामा भारतबाट जन्तीका रूपमा आएका साधुसन्तलाई पकवान खुवाएर रामकलेवा मनाइयो । महोत्सवको अन्तिम दिन रामकलेवामा जानकी मन्दिरमा विशेष भोजको आयोजना गर्ने परम्परा रहीआएको छ ।

भोजनपश्चात साधुसन्तलाई दक्षिणा दिएर विधिवत् बिदा गर्ने गरिन्छ । बिदाइका क्रममा मिथिला परम्पराअनुसार चादर, कम्बल र दक्षिणा प्रदान गर्दै बिदाइ गरिएको छ । विवाह पञ्चमीमा विवाह भएको जोडीहरूलाई जानकी मन्दिरको प्राङ्गणमा राखी उनीहरूले एक अर्का पक्षलाई गाली गर्दै ठट्यौली गर्ने परम्परा रहेको छ ।

साधु–सन्तले जनकपुरधाममा भएको सेवा सत्कारबाट आफूहरू हर्षित भएको बताएका छन् । सप्ताहव्यापी विवाह पञ्चमीअन्तर्गत रामकलेवा (बिदाई) सँगै विवाह पञ्चमी महोत्सव सम्पन्न हुने गर्दछ । यसअघि, सोमबार राम र सीताको विवाह सम्पन्न भएको थियो ।

त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा राम र सीताको प्रतिकको विवाह गरिएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

आइसिसी ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो

काठमाडौं । नेपाली यू १९ महिला टोलीकी कप्तान पूजा महतो

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव