२० फाल्गुन २०८२, बुधबार । March 5, 2026

किवीले बजार पाएन भन्दछन्ः कहाँ लैजाने र बिक्री गर्ने


१२ मंसिर २०७९, सोमबार  

6
Shares

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गरेका छन् ।

व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनलाई नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा थिए । उनलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपिन्छ । केही वर्षदेखि उनलाई यस्तै चिन्ता निरन्तर छ ।

यस वर्ष उत्पादन भएको मध्ये करिब चार क्विन्टल किवी बिक्री गरिसकेका किसान गुरुङलाई बाँकी रहेको कता लैजाने र कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योलमा छन् । “जिल्ला बाहिरका आफन्तलाई फोन गरेर, छरछिमेकलाई अनुरोध गरेर अलि अलि बेचियो, बाँकी कता लैजाने भन्ने अन्योल छ, केही लागेन भने रक्सी पारौँला भन्ने छ”, उनले भने । उनले काठमाडौँलगायत विभिन्न जिल्लामा रहेका आफन्त, साथीभाइलाई केही मात्रामा पठाए ।

होलसेल प्रतिकिलो रु एक सय र फाट्टफुट्ट रु एक सय ५० का दरले बिक्री गरेको उनले बताए । उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनले बताए । यस्तै दोखुकै रमेश गुरुङले उत्पादन गरेको किवी ठूलो मात्रामा कुहिएर गयो ।

पाकेलगत्तै टिपेर राख्नुभएका गुरुङले बजार पाएनन् । बजार पाइएलाभन्दा भन्दै ठूलो मात्रामा कुहिएको उनले बताए । यसरी बजार नपाउँदा उनीहरु मात्रै नभई जिल्लाका दर्जनौँ किसान निरास छन् ।

यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती सुरु गरेका थिए तर उत्पादनसँगै बजारमा यसको माग घटेकाले किसान समस्यामा परेका छन् । “एक समयमा किवीको खुबै चर्चा थियो, बजार र मूल्य राम्रो छ, मनग्य आम्दानी हुन्छ भन्ने समाचार सुनियो, गाउँगाउँमा उस्तै हल्ला चल्यो, त्यही समयदेखि मेहनतका साथ लागियो तर अहिले न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ”, राजकुमार गुरुङले भने । समयमा बजारीकरण नभए पनि शीतभण्डार (कोल्डस्टोर) भए पनि केही राहत मिल्ने किसानको भनाइ छ ।

“पाकेर बोटबाटै झर्ने अवस्था आएपछि टिप्नै पर्छ, समयमै बिक्री भएन भने कुहिएरै जाने अवस्था आउँछ, कम्तीमा ठाउँठाउँमा शीतभण्डार भए पनि केही राहत हुने थियो”, सिरीजङ्घा गाउँपालिका–७ खेवाङका नरेन्द्र तिवारीले भने । उनले यो पटक आफूले उत्पादन गरेको किवी बल्लतल्ल झापा लगेर रु एक सय प्रतिकिलोका दरले बेचे । गाउँघरमा रु ७० देखि ८० का दरले बिक्री गरेको उनको भनाइ छ ।

धेरै किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षक भए पनि बजार र मूल्य अभावकै कारण निरास हुनुपरेको तिवारीले बताउछन् । किवी खेतीका लागि यहाँको जमिन र वातावरण अनुकूल भएकाले यसको खेतीमा धेरैजसो किसान आकर्षित भएको पाइन्छ । समुद्र सतहबाट एक हजारदेखि १५ सय मिटरको उचाइमा यसको खेती फस्टाउने बताइन्छ ।

फलफूलको राजा मानिने किवीको बोट छोटो समयमा नै हुर्कने र फल लाग्न सुरु गर्ने भएकाले यसको व्यावसायिक खेती विस्तारसँगै बजारीकरण, प्रशोधन र भण्डारणमा सरकारले विशेष चासो दिनुपर्ने आवश्यकता देखिएको कृषकको भनाइ छ । किवीको प्रयोगले स्वास्थ्यलाई पुग्ने फाइदाका विषयमा प्रचारप्रसार गर्नसमेत आवश्यक रहेको उनीहरुको बुझाइ छ । जुुस, वाइनजस्ता पेय पदार्थका रुपमा किवीलाई प्रशोधन गरेर बजारीकरण गर्नसके किसानको आयआर्जनमा वृद्धि हुनुका साथै मुलुककै अर्थतन्त्रमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।

धेरै प्रजातिका फलफूलमा पाइने तत्वसँगै भिटामिन सि प्रचुर मात्रामा पाइने किवीको सेवनले मुटुलाई स्वस्थ राख्न, आँखाको ज्योति बढाउन, क्यान्सरबाट बचाउन र रगतलाई सफा राख्न मद्दत पुग्ने बताइन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Test post title

Test post content

Test post title

Test post content

Article 291

Situations Pratiques de Gameplay Examinons de plus près quelques situations

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

портал о Форекс Брокерах. Отзывы трейдеров, рейтинги компаний.

Рейтинг лучших Форекс брокеров Беларуси: ТОП-10 компаний 2021 года по