४ बैशाख २०८२, बिहिबार । April 17, 2025

झापामा धानको उत्पादकत्व बढ्यो



झापा । झापामा वर्षे धानको उत्पादकत्व बढेको छ ।

गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए । आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

आव २०७७/०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो । गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङलगायतका भू–खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए

त्यस्तै, जिल्लामा आव २०७८/०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । चर्चित ललिता निवास जग्गा प्रकरणमा संलग्न भएको आरोप

बर्दघाट योग शिविर : तेस्रो दिनको प्रशिक्षण जीवनकला गौतम भुसालबाट सम्पन्न

नवलपरासी । बर्दघाट नगरपालिका– ७ स्थित त्रिनेत्रज्येष्ठ नागरिकदिवा सेवाकेन्द्रको आयोजनामा

लाख ९० हजार नाघ्यो सूनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि.

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग