१ जेष्ठ २०८२, बुधबार । May 15, 2025

नेप्से परिसूचक ३२.४३ अंकले वृद्धि



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक उच्च अंकले बढेको छ ।

आईतबार नेप्से परिसूचक ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक बढेको छ । आईतबार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता शेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

आईतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा आईतवार २ अर्ब माथि भएको हो । नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ ।

जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ । वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी उपसमूहको १ प्रतिशतले बढेको छ । आईतबार नेप्सेसँगै डिप्रोक्स लघुवित्तको शेयरमूल्य ८.२१ प्रतिशत बढेको छ ।

त्यस्तै,जीवन विकास लघुवित्तको शेयरमूल्य करिव साढे ७ प्रतिशत बढेको छ भने कुमारी बैंक शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । आईतबार हिमालयन डिष्टिलरीकम्पनीको ४५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी

पुम्दिकोटमा नगर बस दुर्घटनाः २० यात्रु घाइते, ४ को अवस्था गम्भीर

पुम्दिकोट । पोखरा महानगरपालिका–२२ पुम्दिकोटमा बुधबार दिउँसो नगर बस दुर्घटना

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पुनः ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल

मखनटोलमा आगलागी अपडेटः मृत्यु हुने काभ्रेकी विष्णु अधिकारी

काठमाडौं । काठमाडौं महानगरपालिका–२४, मखनटोलस्थित सुरज आर्केड पछाडिका दुई घरमा