१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

नेप्से परिसूचक ३२.४३ अंकले वृद्धि


११ मंसिर २०७९, आइतबार  

6
Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक उच्च अंकले बढेको छ ।

आईतबार नेप्से परिसूचक ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा पुगेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.३४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१६ अंक बढेको छ । आईतबार कारोबारमा आएका २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता शेयर २ अर्ब २ करोड ५४ लाख ८९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

आईतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा आईतवार २ अर्ब माथि भएको हो । नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ ।

जसमध्ये लघुवित्त उपसमूहको परिसूचक ३.०७ प्रतिशत बढेको छ । वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी उपसमूहको १ प्रतिशतले बढेको छ । आईतबार नेप्सेसँगै डिप्रोक्स लघुवित्तको शेयरमूल्य ८.२१ प्रतिशत बढेको छ ।

त्यस्तै,जीवन विकास लघुवित्तको शेयरमूल्य करिव साढे ७ प्रतिशत बढेको छ भने कुमारी बैंक शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । आईतबार हिमालयन डिष्टिलरीकम्पनीको ४५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था