२७ बैशाख २०८३, आइतबार । May 11, 2026

विश्वकप फुटबलमा शनिबार चार खेल हुँदै


१० मंसिर २०७९, शनिबार  

6
Shares

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत शनिबार चार खेल हुँदैछन् ।

विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आजै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी शनिबार बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अल बायत स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् ।

यस बराबरीसँगै इङ्ग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन् । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्डले दुई खेलमा चार अङ्क जोडेको छ भने अमेरिकाले दुई खेलमा दुई अङ्क जोडेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  १० : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएको

Embassy of Russia in Nepal Marks Victory Day Celebration in Kathmandu

Kathmandu- The Russian Embassy celebrated the Victory Day with great

संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज ! अनामनगर पूर्बीगेटमा सेवा सुभारम्भ

काठमाडौं । संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले ‘एभरेष्ट कफी बिन्स’ को फ्रेन्चाइज

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा