२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

स्वदेशी उत्पादनलाई सहुलियत दिन सकारात्मक छौँः उद्योग सचिव



काठमाडौं । उद्योग सचिव डा तोयनारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताएका छन् ।

औद्योगिक र लगानी पूर्वाधार तथा योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उहाँले उद्योग मन्त्रालय उद्योगीलाई सहजीकरण गर्ने मन्त्रालय रहेको र उद्योगीको समस्या समाधानमा प्रतिबद्ध रहेको बताए । उनले आगामी कम्तीमा १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेको जानकारी दिए। आठौँ उद्योग दिवस, २०७९ को अवसर पारेर नेपाल उद्योग परिसङ्घले बिहिबार आयोजना गरेको अन्तक्र्रियामा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले परिसङ्घले औद्योगिक विकासका लागि प्रभावकारीरूपमा आफ्ना गतिविधिलाई अगाडि बढाउँदै आएको बताए ।

उनले उद्योग क्षेत्रको विकासका लागि गहन अध्ययन गरेर परिसङ्घ अगाडि बढ्दै आएको भन्दै सरकारले निजी क्षेत्रबाट यस्तै प्रयासको अपेक्षा गरेको उल्लेख गरे । निजी क्षेत्र र सरकार मिलेर नै औद्योगिक विकास गर्न सकिने उनको भनाइ थियो । अन्तक्र्रियामा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसङ्घले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यलाई सहुलियत दिन आग्रह गरे ।

भारत, अष्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान सञ्चालन भइरहेकामा नेपालमा परिसङ्घको अग्रसरतामा मेक इन नेपाल अभियान सञ्चालन भइरहेको छ । मेक इन नेपाल अभियानमा आबद्ध उत्पादनलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालले बताए । उद्योग मन्त्रालय उद्योगीको फोकल मन्त्रालय बन्नुपर्नेमा जोड दिदै उनले त्यसले उद्योगको महत्त्व बढाउने र उद्योगीको समस्या समाधानमा अन्य मन्त्रालय एवं सरोकारवाला पक्षसँग समन्वय गर्न सहयोग गर्ने बताए ।

उनले नीतिगत स्थिरतामा जोड दिनुहुँदै निश्चित अवधिसम्म नीति परिवर्तन नहुने गरी उद्योगी, लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने बताए । परिसङ्घको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुको आयात निरुत्साहित गर्नुपर्ने बताए।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको