२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कुलेखानीमा जिप दुर्घटनाः एकको मृत्यु, छ घाइते



मकवानपुर । वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको सुमो जिपको ब्रेक फेल हुदा एक जनाको मृत्यु भएको छ ।

हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा बुधबार दिउँसो २ः४५ बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना १ ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारी अनुसार चालकसहित सात जना यात्रा गरेकामा घाइते छ जनाको उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको र गम्भीर पाँचको थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

सुमो चालकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको