३० बैशाख २०८३, बुधबार । May 13, 2026

दुर्घटनामा परि पत्रकार कंडेलको मृत्यु


३ मंसिर २०७९, शनिबार  

27
Shares

रुपन्देही। दुर्घटनामा परि रुपन्देहीमा एक जना पत्रकारको निधन भएको छ ।

लु १ क ५२७६ नम्बरको टिपरले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार एनबी कंडेलको मृत्यु भएको हो । बुटवलबाट भैरहवातर्फ जांदै गरेको टिपरले लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा सख्त घाइते भएका कंडेलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानीबगिया स्थायी घर भई बुटवलमा बस्दै आएका कंडेल बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइनका सम्पादक थिए । ठक्कर दिने सवारी साधन र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाँदर आतंक नियन्त्रण गर्न तेह्रथुममा सार्वजनिक बिदा, दुई दिन ‘धपाउने अभियान’ सञ्चालन हुने

तेह्रथुम । खेतीपातीमा बढ्दो बाँदरको क्षति रोक्न लालीगुराँस नगरपालिका ले

प्रधानमन्त्री संसदमा अनुपस्थित, सांसदका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा उठेका प्रश्नहरूको

प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ

मेयरलाई पटक–पटक खबर गर्दा पनि फोहोर उठेन, जेठ १ गते नगरपालिकामा फाल्ने तयारी

बुटवल । रुद्रगण तथा एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा नेपाल

‘यो नेपाली शिर उचाली : सिजन–२’ बुधबारदेखि प्रसारण हुँदै

काठमाडौं । राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन शो ‘यो नेपाली