२२ माघ २०८१, मंगलबार । February 4, 2025

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ४० अङ्क बढेर एक हजार नौ सय ११ दशमलव २६ विन्दुमा पुगेको छ । बुधबारको कारोबारमा ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८६ अङ्क बढेर तीन सय ७६ दशमलव ५७ विन्दुमा पुगेको छ । कूल दुई सय ३२ कम्पनीको २४ लाख ९५ हजार छ सय १२ कित्ता शेयर रु ८५ करोड ९४ लाख छ सय १२ मूल्यमा कारोबार भएको छ ।

बुधबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ४९ अर्ब ११ करोड ४५ लाख १६ हजार पाँच सय १७ पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारका रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको रु छ करोड तीन लाख ३८ हजार छ सय ३० बराबरको कारोबार भयो ।

हिमालयन डिस्टिलरी रु चार करोड एक लाख ९० हजार सात सय १६, नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड ८१ लाख २६ हजार तीन सय ३०, शिवम् सिमेन्ट रु तीन करोड ७८ लाख ५८ हजार पाँच सय २३ र जाल्पा सामुदायिक लघुवित्तको रु दुई करोड ७८ लाख १४ हजार नौ सय ४६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । आजको कारोबारमा सिक्लेस हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । साथै, गणपति लघुवित्त सात दशमलव ७१, नारायणी डेभलपमेन्ट बैंक पाँच दशमलव ५३, रिडी पावर कम्पनी पाँच दशमलव ४४ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले चार दशमलव ६५ प्रतिशत शेयर मूल्य बढेको छ ।

त्यस्तै, जनउत्थान सामुदायिक चार दशमलव १३, सबैको लघुवित्त तीन दशमलव ६८, विशाल बजार कम्पनी दुई दशमलव ८४, बुद्धभूमि नेपाल हाइड्रोपावर दुई दशमलव ७४ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले दुई दशमलब ६४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

त्रिकोणात्मक महिला टी-२० सिरिजः चौथो खेलमा पनि नेपाल पराजित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो