१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

पोल्याण्ड अपडेट

जी–सेभेन राष्ट्र प्रमुखहरूको आपत्कालीन बैठक, नयाँ द्वन्द्व बढाउने चिन्ता


३० कार्तिक २०७९, बुधबार  

12
Shares

एजेन्सी । इन्डोनेसियामा जारी जी–२० बैठकको अन्तिम दिन जी–७ राष्ट्रका नेताहरुले पोल्याण्डमा खसेको मिसाइलबारे छालफल गरेका छन् ।

अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेताहरूको उपस्थिति रहेको उक्त आपतकालिन बैठकमा युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि सहभागी रहेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो र यस घटनालाई नेटोमाथि आक्रमण मान्न सकिने बताइएको छ ।

नेटोको सदस्य हुनु भनेको कुनै सदस्य राष्ट्रमा सशस्त्र आक्रमण भएमा अन्य सदस्य राष्ट्रले सहयोग गर्न अगाडि आउने र आक्रमण भएको वा भइरहेका देशमा नेटोको सेना पठाउन सक्छ । यदि उक्त मिसाइल रुसी भएको पुष्टि भयो भने यसले सैद्धान्तिक रूपमै द्वन्द्व बढ्न सक्ने देखिन्छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनक पोल्याण्डसँग सम्पर्कमा छन् ।

जो बाइडेनले नेटो प्रमुख जेन्स स्टोल्टनबर्गसँग पनि वार्ता गरेका छन्। यस घटनाले जी–२० का सबै देशका योजनाहरू फेल भएको देखिने जनाईएको छ । पोल्याण्डको विदेश मन्त्रालयले मंगलबार दिउँसो ३ः४० मिनेटमा आफ्नो भूमिमा ‘रुसी क्षेप्यास्त्र’ खसेको बताएको थियो, जसका कारण सेरेवोडो गाउँमा दुई जनाको मृत्यु भएको थियो । पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण गर्‍यो भन्ने बारे कुनै ठोस प्रमाण नभएको बताएको छ।

यता रुसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुसेले युक्रेनी सीमा नजिक कुनै आक्रमण नगरेको र स्थिति थप बिगार्ने उद्देश्यले उक्त आरोप लगाएको भन्दै समाचारको खण्डन गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था