२६ फाल्गुन २०८१, सोमबार । March 10, 2025

मंगलबार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट



काठमाडौं । मंगलवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमवार २१ द्यशमलव २९ अंक बढेको नेप्सेपरिसूचक मंगलवार ६ दशमलव ५९ अंकले घटेर १८९७ दशमलव ८६ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १ दशमलव ३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ३१ अंक र सेन्सेटिभ इण्डेक्स ० दशमलव ४० अंकले घटेको छ । मंगलवार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ । सोमवार ९४ करोड बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार, निर्जीवन बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ । मंगलवार सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य ४ दशमलव ५८ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ ।

तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ८ दशमलव ५६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा मंगलवार हिमालयन डिष्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विभिन्न चार सुत्रीय मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल स्काउट शुद्धिकरण अभियानले स्काउट भित्रको शुद्धीकरणका लागि

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ

चार देशीय सिरिजः आज नेपालले हङकङको सामना गर्दै

काठमाडौं । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज

भारतले जित्यो आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ ।

अमेरिकी डलरको भाउ स्थिर, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको