२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मंगलबार नेप्से परिसूचकमा सामान्य अंकको गिरावट


२९ कार्तिक २०७९, मंगलबार  

6
Shares

काठमाडौं । मंगलवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । सोमवार २१ द्यशमलव २९ अंक बढेको नेप्सेपरिसूचक मंगलवार ६ दशमलव ५९ अंकले घटेर १८९७ दशमलव ८६ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १ दशमलव ३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ३१ अंक र सेन्सेटिभ इण्डेक्स ० दशमलव ४० अंकले घटेको छ । मंगलवार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ । सोमवार ९४ करोड बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार, निर्जीवन बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ । मंगलवार सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य ४ दशमलव ५८ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ ।

तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ८ दशमलव ५६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा मंगलवार हिमालयन डिष्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ