११ जेष्ठ २०८३, सोमबार । May 25, 2026

साताको पहिलो दिन नेप्से परिसूचकमा सामान्य गिरावट


२७ कार्तिक २०७९, आइतबार  

6
Shares

काठमाडौं । साताको पहिलो दिन दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ ।

आईतवार नेप्से परिसूचक १० दशमलव ५४ अंकले घटेर १८ सय ८३ दशमलव १६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १ दशमलव ८३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ५८ अंकले घटेको छ । आईतवार कोरोबारमा आएका २ सय २५ कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेसँगै आइतवार कारोबार रकम पनि घटेको छ ।

गत बिहीवार १ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ० दशमलव ६० प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक १ दशमलव ४४ प्रतिशत घटेको छ । आईतवार लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य ७ दशमलव ९० प्रतिशत बढेको छ ।

त्यस्तै,मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव ७४ प्रतिशत बढेको छ । यता,निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६ दशमलव ४० प्रतिशत घटेको छ । कारोबारमा शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली