४ असार २०८३, बिहिबार । June 18, 2026

टी–२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डलाई


२७ कार्तिक २०७९, आइतबार  

6
Shares

एजेन्सी । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको छ ।

अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

लियाम लिभिङस्टोन १ रनमा अबिजित रहे । इंग्ल्यान्डको जितमा कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाएका थिए । मोइन अलीले १९ रन, फिल साल्ट १० रन र एलेक्स हेल्सले १ रनको योगदान गरेका थिए । पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले समान १–१ विकेट लिए ।

टस हारेर पहिलो व्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडेका थिए । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए । शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए । इंग्ल्यान्डका साम करनले ३ विकेट लिए ।

घातक बलिङ गरेका उनले ४ ओभरमा मात्र १२ रन खर्चिए । क्रिस जोर्डन र आदील राशिदले समान २–२ विकेट लिए भने बेन स्टोक्सले १ विकेट लिए । यो संगै इंग्ल्यान्डले दोस्रो पटक टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा