६ बैशाख २०८३, आइतबार । April 19, 2026

पाल्पामा चिच्चाएर वर माग्ने अनौठो परम्परा


२२ कार्तिक २०७९, मंगलबार  

9
Shares

पाल्पा । पाल्पाको सत्यवतीमा मंगलबारदेखि चिच्चाएर वर माग्ने धार्मिक मेला सुरु भएको छ।

सत्यवती बज्यैले कान नसुन्ने भएकोले चिच्चाएर वदरदान माग्नुपरेको भनाइ रहेको छ । सत्यवती बज्यैसँग चिच्चाएर मागेको वरदान पुरा हुने भन्दै निकै टाढाटाढा बाट भक्तजनहरु मन्दिरमा आउने गरेका छन् । सत्यवती बज्यैसँग रातिमा मात्र चिच्चाएर वदरदान माग्ने प्रचलनलाई आजभोलि दिउँसोमा पनि वर माग्ने गरिएको छ ।

सत्यवती मन्दिरको किनारमा ताल रहेकोले भक्तजनहरुले तालको वरीपरी घुम्दै चिच्चाएर वरदान माग्ने गर्दछन् । सत्यवती मन्दिर नजिकै तालमा कार्तिक शुल्क चतुर्दशीको दिन सत्यवती बज्यैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्चाएर वरदान माग्ने र अर्को दिन बिहान उज्यालो नहुँदै पुर्णिमाको दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचालन रहँदै आएको छ । दर्शनका लागि र वर माग्न मन्दिर पुगेका चन्द्रकान्त खनाल र केशव खत्रीले चिच्याएर वर मागे पूरा हुने र कतिपय मागेका वरहरु पूरा हुँदै आइरहेको बताए ।

उनीहरुले धार्मिक आस्थाका कारण परापूर्व कालदेखिको परम्परालाई मान्दै आएको र आफूले मागेका वरहरु सानैदेखि पूरा हुँदै थएको बताए । भक्तजनले मागेका कुराहरु सत्यवती बज्यले पूरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने वा त्यतिकै जंगलमा छाडिदिने प्रचालन रहँदै आएको छ । सत्यवती मन्दिरमा चिच्चाएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत वागलुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजनको भीड छ ।

वर्षको एक पटक मात्र पुग्ने धार्मिक पर्यटकलाई १२ महिना नै आकर्षित गर्न गुरुयोजना बनाएर काम गर्ने तयारी गरेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ बताउछन् । उनले १२ महिना पर्यटकलाई ल्याउनसके सो क्षेत्रको विकास हुन समय नलाग्ने बताए । उनले अहिले गाउँपालिकाले मन्दिर व्यवस्थापनका लागि बजेट छुट्याएर अघि बढेको र आगामी दिनमा यसको संरक्षणका लागि पनि विशेष पहलकदमी लिने बताए।

सिद्धार्थ राजमार्ग तानसेन-बुटवल सडक खण्डको झुम्सा पानी मिलबाट करीव १ घण्टाको उकालो पैदल दूरी पार गरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ । परम्पराकालमा रातिमा मात्र दर्शन गर्ने प्रचलन परिमार्जन हुँदै अहिले दिउँसो र राति दुवै समयमा पूजाआजा गर्ने र वर माग्ने प्रचलन शुरु भएको हो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित