८ मंसिर २०८१, शनिबार । November 23, 2024

प्रधानमन्त्री कप क्रिकेट

मंगलबारका दुई खेलमा पुलिस र आर्मी विजयी, बुधबारबाट सेमिफाइनल



काठमाडौं । समूह चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लव समूह विजेताको रुपमा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । पुलिसले दिएको २ सय ७४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले २९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो । जवाफी ब्याटिङ गरेको मधेसका लागि मोहम्मद आदिल अलामले सर्वाधिक ४२ रनको पारी खेल्दा रत्न रोनाकले ११ तथा कप्तान हरिशंकर शाहले १० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् ।

मधेसलाई सस्तैमा समेट्ने क्रममा पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ५ विकेट निकाल्दा करण केसीले ३ तथा रासिद खानले २ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २ सय ७३ बनाएको थियो । पुलिसका लागि आरिफ शेखले ८६ बलको सामना गर्दै ८ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७३ रन जोड्दा ९६ बल खेलेका अमित श्रेष्ठले ९ चौकाको सहयोगमा ६५ रनको पारी खेले ।

यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ५१ रन जोड्दा दिलिप नाथले ४० रनको व्यक्तिगत स्कोर जोडे । बलिङ तर्फ मधेस प्रदेशका राजेश यादव र रुपेश सिंहले समान तिन तिन विकेट हात पार्दा मोहम्मद आदिल आलमले दुई तथा विशाल पटेल र हरिशंकर शाहले एक एक विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्गत मंगलवार नै मुलपानीमा भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले कर्णाली प्रदेशमाथि पनि फराकिलो जित निकाल्यो । आर्मीले कर्णालीलाई १ सय ४० रनले पराजित गरेको हो । आर्मीले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको कर्णालीले २८ दशमलव ३ ओभ।मा सबै विकेट गुमाएर मात्र १ सय १४ रन बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको कर्णालीका लागि विपिन रावलले ४८ रनको व्यक्तिगत योगफल बनाउँदा अर्जुन घर्तीले १७, प्रकाश जैशी र सन्दीप शाहीले समान ११,११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

कर्णालीको इनिङलाई सस्तैमा समेट्ने क्रममा आर्मीका रोहित पौडेलले सर्वाधिक ३ विकेट हात पार्दा शहाब अलाम र हरि चौहानले समान दुई दुई तथा जितेन्द्र मुखिया र सुशान भारीले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पूरै ५० ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । आर्मीका विनोद भण्डारीले अविजित ३७ रनको पारी खेल्दा राजेश पुलामीले २८ रनको व्यक्तिगत स्कोर बनाउँदै साथ दिए ।

यस्तै कुशल मल्ल र रोहित पौडेलले समान ३५ रनको व्यक्तिगत स्कोर जोड्दा हरि चौहान ३१, भीम सार्कीले २९, ओपनर अर्जुन साउदले २० तथा अनिल मण्डलले १७ रनको योगदान गरे । बलिङतर्फ कर्णालीका प्रकाश जैशीले ३ विकेट लिए । दिपेन्द्र रावतले २ विकेट लिँदा दिनेश अधिकारीले १ विकेट हात पारे ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ६ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुर्खेतको पञ्चपुरीमा जिप दुर्घटना,१४ जना घाइते

सुर्खेत । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४

मेयर बालेन एमालेविरुद्ध परिचालित व्यक्ति हुन्ः एमाले महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर

अमेरिकी डलर, युरो र स्टर्लिङ पाउन्डको मूल्य घट्यो, कुवेती दिनारको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज (शनिबार) अमेरिकी डलर

आजको मौसमः काठमाडौंको तापक्रम घट्दो, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । देशका अधिकांश भेगको मौसम सफा रहेको छ ।

नेकपा एमालेलाई काठमाडौं महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौं । महागरपालिकाले नेकपा एमालेलाई एक लाख जरिवाना तिराएको छ