६ बैशाख २०८३, आइतबार । April 19, 2026

मंगलबार नेप्से परिसूचकमा २ दशमलव ५७ अंकको गिरावट


२२ कार्तिक २०७९, मंगलबार  

6
Shares

काठमाडौं । मंगलवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

मंगलवार नेप्से परिसूचक २ दशमलव ५७ अंक घटेर १९५६ दशमलव ३६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १ दशमलव १२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ३० अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ५३ अंकले घटेको छ । मंगलवार कारोबारमा आएका २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता शेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

सोमवारको तुलनामा मंगलवार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ०३ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशत बढेको छ भने निर्जीवन बीमा र वित्त उपसमूहको परिसूचक सामान्य बढेको छ ।

तर, व्यापार उपसमूहको परिसूचक भने १ दशमलव ५६ प्रतिशत घटेको छ । मंगलवार नेप्से परिसूचक सामान्य अंकले घटेपनि लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य ४ दशमलव २२ प्रतिशत बढेको छ । त्यस्तै, गुराँस लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी बढेको छ ।

तर यता कालिका लघुवित्तको शेयरमूल्य ५ दशमलव ७७ प्रतिशत घटेको छ भने मन्दाकिनी हाइड्रोपावर ४ प्रतिशतभन्दा बढी घटेको छ । मंगलबार शिवम सिमेन्ट्सको ८ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित