२९ चैत्र २०८१, शनिबार । April 12, 2025

मंगलबार नेप्से परिसूचकमा २ दशमलव ५७ अंकको गिरावट



काठमाडौं । मंगलवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

मंगलवार नेप्से परिसूचक २ दशमलव ५७ अंक घटेर १९५६ दशमलव ३६ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १ दशमलव १२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ३० अंकले र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ५३ अंकले घटेको छ । मंगलवार कारोबारमा आएका २२६ कम्पनीको २७ लाख ७३ हजार कित्ता शेयर १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

सोमवारको तुलनामा मंगलवार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक घटेको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ०३ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशत बढेको छ भने निर्जीवन बीमा र वित्त उपसमूहको परिसूचक सामान्य बढेको छ ।

तर, व्यापार उपसमूहको परिसूचक भने १ दशमलव ५६ प्रतिशत घटेको छ । मंगलवार नेप्से परिसूचक सामान्य अंकले घटेपनि लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य ४ दशमलव २२ प्रतिशत बढेको छ । त्यस्तै, गुराँस लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी बढेको छ ।

तर यता कालिका लघुवित्तको शेयरमूल्य ५ दशमलव ७७ प्रतिशत घटेको छ भने मन्दाकिनी हाइड्रोपावर ४ प्रतिशतभन्दा बढी घटेको छ । मंगलबार शिवम सिमेन्ट्सको ८ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक