२१ माघ २०८१, सोमबार । February 3, 2025

सोमबार नेप्से परिसूचक ६ दशमलव ४३ अंकले गिरावट



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

सोमवार नेप्से परिसूचक ६ दशमलव ४३ अंकले घटेर १९५८ दशमलव ९४ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २ दशमलव १९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ८९ अंक घटेको छ । सोमवार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ०६ प्रतिशत बढेको छ भने जीवन बीमा, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । त्यस्तै विकास बैंक, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

सोमवार धौलागिरी लघुवित्तको शेयरमूल्य ८ दशमलव १३ प्रतिशत बढेको छ भने जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य यसदिन करिव ७ प्रतिशत बढेको छ । तर यता, ग्लोवल आइएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ । सोमवारको कारोबारमा शेयर मूल्य बढ्ने र घट्ने सबै लद्युवित्तहरु रहेका छन् ।

सोमबार कारोबार रकमका आधारमा जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

आइसिसी ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो

काठमाडौं । नेपाली यू १९ महिला टोलीकी कप्तान पूजा महतो

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव