२१ माघ २०८१, सोमबार । February 3, 2025

धनुषामा बोलेरो दुर्घटना, नवजात शिशु सहित २ को मृत्यु



धनुषा । धनुषामा बालेरो जिप दुर्घटना हुँदा एक नवजात शिशु सहित २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि अन्य ६ जना घाईते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित उनको एकदिने नवजात शिशुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

उक्त बोलेरो जिपमा चालक सहित ८ जना सवार रहेका थिए । सेन्ट्रल हस्पिटलबाट सुत्केरी बिरामीलाई बाहिर लगिरहेका क्रममा लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्रीको अगाडि ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाईडरमा ठोकिएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार घाईते हुनेमा ५० वर्षीया चन्द्र्कालादेवी महतो, १५ वर्षीय सुदिप सिंह, कमलीदेवी महतो, सन्जुदेवी महतो र फुलोदेवी महतो रहेका छन् ।

घाइते मध्ये सिकिस्त दुई जनालाई बाहिर रेफर गरिएको छ भने बाँकी सबैको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फिल्लीको पाँचौं आउटलेट स्काई टावरमा

काठमाडौं । काठमाडौंको कमलादीस्थित स्काई टावरमा फिल्ली नेपालले पाँचौं आउटलेटको

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक

आइसिसी ‘टीम अफ द टुर्नामेन्ट’मा नेपालकी कप्तान पूजा महतो

काठमाडौं । नेपाली यू १९ महिला टोलीकी कप्तान पूजा महतो

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव