१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

धनुषामा बोलेरो दुर्घटना, नवजात शिशु सहित २ को मृत्यु


२० कार्तिक २०७९, आइतबार  

6
Shares

धनुषा । धनुषामा बालेरो जिप दुर्घटना हुँदा एक नवजात शिशु सहित २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि अन्य ६ जना घाईते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ स्थित सेन्ट्रल हस्पिटलबाट रेफर गरिएकी २४ वर्षीया सुत्केरी राधा देवी सवार बोलेरो दुर्घटना हुँदा उनीसहित उनको एकदिने नवजात शिशुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

उक्त बोलेरो जिपमा चालक सहित ८ जना सवार रहेका थिए । सेन्ट्रल हस्पिटलबाट सुत्केरी बिरामीलाई बाहिर लगिरहेका क्रममा लक्ष्मीनिया बजार र निकालको बीचमा रहेको सर्फ फ्याक्ट्रीको अगाडि ना ३ च ३५७५ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाईडरमा ठोकिएको थियो । जिल्ला प्रशासन कार्यालयका अनुसार घाईते हुनेमा ५० वर्षीया चन्द्र्कालादेवी महतो, १५ वर्षीय सुदिप सिंह, कमलीदेवी महतो, सन्जुदेवी महतो र फुलोदेवी महतो रहेका छन् ।

घाइते मध्ये सिकिस्त दुई जनालाई बाहिर रेफर गरिएको छ भने बाँकी सबैको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ७ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली